तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

महोत्तरी । ससुराली घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् ।गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका महोत्तरी संवाददाताको रुपमा कार्यरत सुनिता हाल नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सहसचिव समेत रहेकी छिन् । शुरु शरुमा रेडियो सुन्न त्यति इच्छुक नभएको भएपनि पछि रेडियोमा बोल्नसमेत इच्छा भएको सुनिताले भनिन्, “समयले आफूलाई रेडियो सुन्न मात्र नभइ, रेडियोको मालिक समेत बनाएको छ । समाचार सङ्कलन गर्ने र रेडियोमा बोल्ने उहाँको अहिले दिनहुँको कार्यतालिका छ ।” “विवाह भएको समय अर्थात् २०५६ सालसम्म घरमा रहेको सानो रेडियो समेत खोल्न र बन्द गर्नसम्म पनि आफूले जानेकी थिइनन्”, सुनिताले भनिन्, “मधेश आन्दोलनका क्रममा रेडियोको समाचारप्रति आफू आकर्षित भएको र त्यसपछि समाचरप्रतिको बढ्दो आकर्षणका कारण आफूले पत्रकारिता पेशालाई आत्मसात गरें ।” महोत्तरी गौशालास्थित रेडियो गौशालामा उनी करीब ६ वर्ष निरन्तर रुपमा काम गरिन् । पछि आफैंले रेडियो रुपान्तरण सञ्चालन गरेकी सुनिताले बताईन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button