तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा खाएर होहल्ला गरेको आरोपमा वडाध्यक्षलाई एक हजार जरिवाना

बाजुरा, ८ माघ २०७५ । मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु १ हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मदिरा ऐनअनुसार सामान्य जरिवाना तिराएर छाडिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बूढीगङ्गा नगरपालिकामा नागरिकता वितरण शिविर सञ्चालन गरेको र नागरिकताका लागि वडाध्यक्षको सिफारिस अनिवार्य हुने भएकाले तत्काल जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख भाटले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button