तपाईँ सुन्दै हुनुहुन्छः

निराशाका कुराहरुमा समय खेर फाल्न नहुनेः प्रधानमन्त्री

काठमाडौं । आगामी फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवश बिषेश कार्यक्रमको आयोजना गरेर मनाउन, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ  । गृहमन्त्रालयले आज आयोजना गरेको मुल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बिगतका, बलिदानपुर्ण संर्घष बाट प्राप्त उपलब्धिको रक्षा गर्दै अव राष्ट्रिय संकल्प बनेको सुशासन र बिकासको बाटोमा अघि बढ्नुको, बिकल्प नरहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीओलीले  निर्वाचन पछि संबिधान कार्यान्वयन गर्ने सन्दर्भमा धेरै काम अघि बढेको र निराशाका कुराहरुमा समय खेर फाल्न नहुने बताउनु भयो, केहि दिन अघि अरुण तेस्रो जलबिधुत आयोजनाको कार्यालयमा क्षती पुग्नेगरी गरिएको आक्रमण लाई बिकास विरोधि र आतंकारी गतिबिधिको रुपमा सरकारले लिएको प्रधानमन्त्रि ओलीले बताउनु भयो ।
सरकार स्पष्ठ निति र कार्यक्रमका साथ बिकासका कामहरुमा लागी रहेको बेला बिगतमा क्रान्त्रिको समयमा जस्तो  आवेग र उत्तेजनाका कुरा नसुहाउने भन्दै राष्ट्रिय जिम्मेवारी पुरा गर्न सवै पक्षको योगदान रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button