२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा

रेडियो नेपाल २०७५ फागुन ६ गते ११:२६

काठमाडौ। युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकार प्राज्ञ सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठ र रत्नकाजी शाक्यको सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा बुधवारदेखि शुरु भएको छ ।

फागुन ५ गतेसम्म चल्ने सो प्रदर्शनीमा ३१  चित्र समावेश गरिएको छ । प्रदर्शनीमा गणेश, शिव, असनदेखि इन्द्रचोकसम्मको बस्ती, महिलाका सङ्घर्ष, चोभारको प्राकृतिक सौन्दर्य र सामाजिक जनजीवनका विभिन्न प्रभावलाई चित्रमार्फत देखाउन खोजिएको छ । एकरेलिकमा तेल रङ्गको प्रयोग भएका विभिन्न चित्रले प्रदर्शनीको रौनक थपेको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रदर्शनीको शुभारम्भ गर्दै कला, संस्कृति, ऐतिहासिक सभ्यताले काठमाडौँ महानगर सम्पन्न रहेको बताउनुभयो । उहाँले देशमा हुन लागेको भ्रमण वर्षलाई सफल बनाउन नेपाली कला र संस्कृतिको विकासमा आफ्नो संस्थाले योगदान पुरयाउने विचार व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तर्राष्ट्रिय तहमा नेपाली कला संस्कृतिले देशको गौरव बढाएकाले तीनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनीमा आबद्ध कलाकारत्रय प्राज्ञ राजभण्डारी, श्रेष्ठ र शाक्यले स्वदेशी मौलिक कला, संस्कृतिको विकासमा सहयोग पुरयाउने उद्देश्यले प्रदर्शनी गरिएको बताउनुभयो । उहाँहरुले देशमा सामाजिक सशक्तीकरणका साथै विविधताभित्रको एकता र सद्भाव बढाउन कलाको महत्व रहेको विचार व्यक्त गर्नुभयो ।

सम्बन्धित

लेखक-साहित्यकारलाई परिचयपत्र

२ दिन अगाडि रेडियो नेपाल

‘थट्स अफ म्युजिङस’ प्रकाशित   

३ दिन अगाडि रेडियो नेपाल