तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबार शेयर बजार २२.४४ अंकले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यवधि समिक्षा मार्फत व्याजदर घटाउने उपाय सार्वजनिक गरे सँगै मंगलबार शेयर बजार २२.४४ अंकले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएपछि व्यवसायी प्रधानमन्त्री तथा अर्थमन्त्री समक्ष व्यजादर घटाउने पहल गर्न आग्रह गरेका थिए । व्याजदर बढ्दा समग्र अर्थतन्त्रमा प्रभाव पर्न गै शेयर बजार पनि साढे दुई वर्षेदेखि घटिरहेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको माग पुरा गर्न प्राथमिक पूँजी बराबर नै विदेशी ऋण ल्याउने छुट दिएको छ । त्यस्तै बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार राति ल्याएको मध्यावधि समिक्षाको प्रभाव स्वरुप शेयर बजार बढेर ११२४.९६ अंक पुगेको छ ।

सूचक बढे पनि कारोबार रकम भने २१ करोड ४५ लाख रुपैयाँमा खुम्चिएको छ । सोमवार सम्पुर्ण सूचक तथा उपसूचकहरु हरियो भएका छन् ।

मंगलवार सबैभन्दा धेरै अपर तामाकोशीको एक करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । तामकोशीको प्रति कित्ता शेयर मुल्य एकै दिन ११ रुपैयाँले बढेर २३२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button