तपाईँ सुन्दै हुनुहुन्छः

नआरएनए नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै

लेगोस- नाइजेरिया । गैर आबासीय नेपाली संघ , नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोस संगको सयुक्त आयोजनामा आउँदो फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागिता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले गराउनु भएको छ । संघको यो दोश्रो रक्तदान कार्यक्रम रहेको र यसले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button