तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल नेपाल बनाउन टेलिकमले अग्रसरता लिनु पर्दछ : सञ्चारमन्त्री बास्कोटा


जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल प्रसाद वास्कोटाले नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक सञ्चालनमा ल्याएको सूचना प्रविधिको उच्चतम अविष्कारको रुपमा रहेको फाईवर टु होम सेवा कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्नु भएको छ ।

उक्त सेवा शुचारु भएपछि नेपाल टेलिकमले एउटै फाईवार तारवाट ल्याण्डलाईन, ईन्टरनेट, आई पी टिभी सहितको सेवा दिने भएको छ । हालका लागि जनकपुरधाममा शुरु भएको फाईवर टु होम सेवावाट ईन्टर नेट तथा फोनसेवा सञ्चालन हुने भएको छ । मन्त्री वास्कोटाले प्रदेश नंं २ का प्रमुख सचिव दिपक सुवेदीलाई फोन गरेर सेवा शुचारु गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल वास्कोटाले नेपाल टेलिकमले डिजिटल नेपालको उद्देश्य पुरा गर्नका लागि अग्रणी संस्थाको रुपमा कामकाज गर्नु पर्ने धारणा राख्नु भयो ।

उहाले टेटिकमले सारेको महत्वपूर्ण ९ वटा परियोजनालाई समयमा नै सम्पन्न गर्नका लागि अहिलेको गतिले सम्भव नभएको बताउदै गति बढाएर कामकाज गर्नका लागि टेलिकमका ४ हजार २ सय कर्मचारीलाई एक ढिक्का भएर अगाडी बढ्नका लागि सुझाव पनि दिनु भयो ।

उहाले सुखी नेपाली तथा समृद्ध नेपालको अभियान पुरा गर्न तथा मुलुकको सांस्कृतिक, आर्थिक रुपान्तरणका लागि टेलिकमले ग्राहक मैत्री तथा जनसेवी बनेर अधिकतम रुपमा आधुनिक प्रविधिको प्रयोग गर्न जरुरी रहेको पनि बताउनु भयो ।

मन्त्री वास्कोटाले मुलुकमा रहेको १८ प्रतिशतको गरिवीलाई १४ औं योजना अवधिमा १२ प्रतिशतमा झार्नका लागि पनि मुलुकलाई डिजिटल नेपाल बनाउन जरुरी रहेको बताउदै यसमा टेलिकमको पूर्ण साथ तथा सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।

उहाले सवै कम्पनीहरुका लागि समान प्रकारको कानून भएकाले नेपाल टेलिकमका लागि पनि सोही कानून लागु हुने भएकाले राज्यलाई बुझाउनु पर्ने ४० अर्ब राजश्व बुझाउनै पर्ने बाध्यता रहेको बताउदै यसका लागि बजारमा प्रतिस्पर्धा गरेर मुलुककै एक नम्बर सञ्चार संस्था बनी राख्नका लागि कडा मिहनत गर्न जरुरी रहेको पनि बताउनु भयो ।

नेपाल लेटिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल भरि नै चाडो भन्दा चाडो फोर जी विस्तार गर्ने पक्षमा रहेको र यसका लागि प्रदेश तथा स्थानीय सरकारको साथ एवं सहयोग जरुरी रहेको बताउनु भयो ।

नेपाल टेलिकमको क्षेत्रिय निर्देशक अमलेन्दु नारायण सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा टेलिकम जनकपुरका प्रमुख चिनमय आनन्द सहितका वक्ताहरुले जनकपुरधाममा रहेको ११ हजार ल्याण्डलाईन टेलिफोनमा एप टि टि एच सेवा जडान गर्न लागेको बताउनु भयो । अहिलेलाई २ हजारमा यो सेवा शुरु भएको पनि टेलिकम जनकपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button