तपाईँ सुन्दै हुनुहुन्छः

आम्दानी बढाउन सामुदायिक वनमा अम्रिसो

झापामा कृषकले उत्पादन गरेको अम्रिसो । तस्वीरः रेडियो नेपाल

सल्यान ।आर्थिक आयआर्जन बढाउन सामुदायिक वनका उपभोक्ता पछिल्लो समय अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन् । अम्रिसोको माग पछिल्लो समय बढ्दै गएपछि सामुदायिक वनका उपभोक्ता अम्रिसोमा आकर्षित भएका हुन ।

सामुदायिक वनको खाली र नाङगो डाँडोमा सामान्य मेहनतमा अम्रिसो खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि आकर्षण बढेको धनारी सामुदायिक वन उपभोक्ता समिति कालिमाटी गाउँपालिका वडा न ३ का अध्यक्ष नैनसिहं थापाले बताए । गत वर्ष ६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती सुरु गरी यो वर्षबाट आम्दानी लिन थालिएको उनको भनाई छ । उनले भने २ सय ४१ हेक्टर क्षेत्रफल मध्ये पहिलो वर्ष ६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती सुरु गरेका छौं ।

सामुदायिक वनमा आवद्ध १० विपन्न परिवारलाई पाँच वर्षका लागि भाडामा दिइएको मानबहादुर खत्रीले बताए । समुदायका अति विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गैर कृषि उत्पादनका जमिन भाडामा दिएको खत्रीको भनाई छ । उनले भने ६ हेक्टर क्षेत्रफलमा झन्डै २० हजार भन्दा बढि अम्रिसोको बिरुवा लगाइएको छ ।

पहिलो वर्ष नै एक सय भन्दा बढि अम्रिसोको कुचो बिक्री भई सकेको गंगा विकले बताइन । कुचो बिक्रीबाट भएको आम्दानी घुम्ती कोषमा जम्मा गर्ने गरेको उनको भनाई छ । उनले भनिन घुम्ती कोषबाट रकम लिएर घर खर्च चलाउने गरेका छौं । अम्रिसोको उत्पादन फस्टाउदै गएको छ आम्दानी बसेर्नि बढ्दै जाने विश्वास लिएका छौं ।

वनमा लगाएको अम्रिसोले अहिले जंगलनै ढाक्न थालेको छ । अम्रिसोले जगलन्र ढाक्न थालेपछि आफुलाई थप हौसला बढेको विकको भनाई छ । उनले भनिन अम्रिसो खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ भनेर पहल कार्यक्रमले सिकाएको हो र हामीलाई ५८ हजार बराबरको अम्रिसोको विरुवा प्युठानबाट ल्याएर दिएको हो ।

गत वर्ष मात्र लगाएको अम्रिसो चारैतिर फैलिएको छ अर्को वर्षदेखि अम्रिसोको कुचाबाट मात्र नभएर बेर्नाबाट पनि आम्दानी लिने आशा गरेका छौं ।

भारतका विभिन्न स्थानमा मजदुरी गर्दा धेरै दुख पाएका कारण गाउँमै आएर अम्रिसो खेतीमा लागेको दिल बहादुर नेपालीले बताए । उनले भने गत वर्ष मात्र लगाएको अम्रिसो चारैतिर फैलिएको छ अर्को वर्षदेखि अम्रिसोको कुचाबाट मात्र नभएर बेर्नाबाट पनि आम्दानी लिने आशा गरेका छौं ।

बजारको समस्या नभएका अम्रिसो खेती निकै उपयोगी देखिएको मायादेवी सारुले बताइन । कालिमाटी क्षेत्र अम्रिसो खेतीका लागि उपयुक्त भएकाले पनि अहिले अन्य सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरु अवलोकनका लागि आउने गरेको सारुले बताइन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button