तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाईदै

जनकपुरधाम । मिथिलाञ्चलमा जुडशितल पर्व आज धुमधामका साथ मनाइँदैछ । नव वर्षको अवसरमा वैशाख २ गते जुड शितल मनाउने चलन रहेको छ ।

आज विहान बुवाआमा, गुरु, मान्यजन एवं ज्येष्ठ जनले आफूभन्दा सानालाई टाउकोको तालुमा आजुर भरि शितल जल लिएर जल लिएर सिंञ्चित गर्दै थपथपाएर आर्शिवाद दिने चलन रहेको छ ।

आमाबुबा, हजुर बुबा, हजुरआमा, काकाकाकी घरका अन्य ज्येष्ठ सदस्यहरुले लोटा, ग्लास वा अन्य वर्तनमा पानी लिएर आफ्ना घरपरिवार, छिमेक तथा समाजका आफुभन्दा सानालाई खोजी खोजी अन्जुलीमा जल लिएर तालुमा पर्ने गरि सिंचित शितलताको लागि आशिर्वाद दिने चलन रहेको छ ।

वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवं ज्येष्ठहरुले आफूभन्दा सानालाई आशिर्वाद दिने गर्छन् भने सानाले पनि आफूभन्दा जेष्ठबाट आशिर्वाद लिने प्रचलन मिथिलामा रहेको छ ।

आजका दिन रुखविरुवा, नाटोघाटोमा पनि पानी राखेर सिंञ्चित गर्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापक्रम बढेर सवैमा असरपार्ने भएकाले मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु नै पर्वको मूल उद्देश्य रहेको संस्कृति विद् डा. रेवतिरमण लालले बताउनु भयो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्कले शीतल हुने र वर्षभरि नै उसले राम्रो काम काज गर्ने जनविश्वास रही आएकोछ । जुडशितलको अवसरमा मिथिलाञ्चलको विभिन्न स्थानमा हिलो छ्यापेर वा हिलो दलेर पनि मनाउने चलन रहेको छ । माटोले पनि शरिरमा शितलता दिने भएकाले नै हिलो दल्ने चलन रहेको छ ।

वैशाख १ गते नयाँ वर्षका राति पकाएको बाँसी, विभिन्न तरकारीका तरुवा, वडी करही, सोहीजनको तरकारी सहितको सामाग्रीहरु मिसाएर भात पकाउने चुल्हो, देउता तथा घरको हरेक ढोकामा चढाउनुको साथै घरका हरेक सदस्यहरुले खाने परम्परा देखिको चलन रहेको छ ।

आज जुडशितल पर्व मनाउने भएकाले प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जुडशितलको शुभकामनाका साथै एक दिनका लागि प्रदेश भरि नै सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी यस अघि नै गराई सक्नु भएको छ । यता थारु जातिले पनि जुडशितललाई शिरुवा पर्वको रुपमा मनाउने चलन रहेको छ ।

यसै बीच सेभ हिस्टोरिकल जनकपुरले जनकपुरधामको गंगासागरको डिलमा जुडशितल पर्व मनाएको छ । एक अर्काको अनुहार तथा शरिरमा हिलो लगाएर जुडशितल मनाएको छ । प्राध्यापक डो भोगेन्द्र चmा व्यथितले यो पर्वको मौलिकताको संरक्षणका लागि कार्यक्रम महत्वपूर्ण भएको बताउनु चयो । सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं प्रदेश सभाका सदस्य रामअशिष यादवको अध्यक्षतामा कार्यक्रम भएका थिए । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button