तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम सरकारबाट सम्पादित काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो ।

त्यस अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कानुन न्याय, तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकाल र मूख्य सचिव लोकदर्शन रेग्मी लगायतका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button