तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण    

 

रसुवा । उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको रसुवा गढी जलविद्युत आयोजनाको हाल ७० प्रतिशत भौतिक कार्य सकिएको छ ।

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button