तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथाबाट भ्रमण वर्षको सन्देश प्रवाह गरिने  

 

काठमाडौँ । सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ । आरोहण इतिहासमै पहिलो पटक नेपाल, भारत र चीनका तीन महिला आरोहीले भ्रमण वर्षको सन्देशसहित संयुक्त रुपमा सगरमाथा आरोहण गर्न लागेका हुन् ।

नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मा लगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेको भ्रमण वर्ष सचिवालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सगरमाथाबाट भ्रमण वर्षको सन्देशलाई विश्वभर फैलाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले भ्रमण वर्षको झण्डासहित आरोहण हुन लागेको बताउनुभयो । आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहित संयुक्त आरोहणले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button