पीछडा वर्गका हक अधिकार सुनिश्चित गर्नका सुझाव दिने
काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पीछडा वर्गका हक अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानूनी एवं नीतिगत व्यवस्था गर्न सरकारलाई सुझाव दिने बताउनुभएको छ ।
राष्ट्रिय समावेशी आयोगले नेपाल पीछडा वर्ग महासंघका पदाधिकारीहरुसँग आज ललितपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष डा. सुवेदीले पीछडा वर्गको हक हित संरक्षण र उत्थानका लागि आयोगले निष्पक्ष भएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पीछडा वर्ग महासंघका पदाधिकारीहरुले पीछडा वर्गमा पर्ने सबै जातिलाई सुचीकृत गर्न, पीछडा वर्गका छात्रवृत्तिको व्यवस्था गर्न, न्यून ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउन तथा राज्यका सबै निकायमा पीछडा वर्गका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्नका आगामी बजेट अगाडि नै सरकारलाई सुझाव दिन आयोगसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्