तपाईँ सुन्दै हुनुहुन्छः

रुपान्तरण मार्फत् मुलुक समृद्ध बनाउनुपर्नेमा नेताहरुको जोड

 

काठमाडौं । विभिन्न दलका नेताहरुले आपसी सहमति र सहकार्य गर्दै सामाजिक, आर्थिक रुपान्तरण मार्फत् मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनभएको छ ।

आज काठमााडौमा आयोजित एक कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले  सरकारको पहिलो वर्ष व्यवस्थापनको वर्ष भएको भन्दै आगामी वर्ष परिणाममुखी बनाउन सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता शंकर भण्डारीले  जनताको अपेक्षा अनुसार  सरकारले काम गर्न नसकेको आरोप लगाउदै देशका वास्तविक समस्या पहिचान गरी निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले सरकारले गरेका प्रतिवद्धताहरु अपेक्षाकृत रुपमा पुरा नगरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button