तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भूकम्पको धक्का महसुस

 

बाजुरा । बाजुरामा आज भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर आज बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । सुतिरहेको समयमा बिहान एक्कासी भूकम्प गएपछि बजारवासी त्रसित भएका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button