तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रसँग काम गर्न तयारः अर्थमन्त्री खतिवडा

 

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज आयोजना गरेको प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्व बजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै अनुदान दिनु भनेको कसै न कसैलाई कर लगाउनु हो, सरकारले एक हातले अनुदान दिन्छ अर्का हातले कर लगाउछ भन्नु भयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कच्चा पदार्थको भन्सार महङ्गो तर तयारी वस्तुको भन्सार सस्तो हुँदा धेरै उद्योग समस्यामा रहेको बताउनु भयो । कार्यक्रममा विभिन्न वस्तुगत सङ्घका केन्द्रीय पदाधिकारी, उद्योग सङ्घका जिल्ला अध्यक्षले आगामी बजेटका लागि सुझाव सहितको मन्तव्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button