तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार ३० करोड ४५ लाखको शेयर कारोबार

 

काठमाडौं । नयाँ वर्षको पहिलो दिन शेयर बजारको नेप्से सूचक ४ अंकले बढेको छ । कारोबार सुरु भएको ३८ मिनेटसम्म बढेको बजार त्यसपछि विस्तारै घट्ने क्रममा एक बजेर ४७ मिनेटसम्ममा २.२ अंकले घटेको थियो । तर कारोबारको अन्तिम ४० मिनेटमा बजार सुधार हुँदा ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा कारोबार रोकियो  ।

सोमबार स्टकमा ३० करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । बैशाखपछि बजार बढ्ने अपेक्षा गरिएपनि सोमबार कारोबारको सुरु भएको एक घण्टा ५२ मिनेटदेखि दुई बजेर २५ मिनेटसम्म बजार रातो देखिदा लगानीकर्ता आत्तिएका थिए । सो अवधिमा जम्मा २० करोड हाराहारीको मात्रै कारोबार भएको थियो । सोमबार फाइनान्स, हाइड्रोपावर, अन्य र जीवन बीमाको सुचक घटेका छन् ।नेको इन्स्योरेन्सको सबैभन्दा धेरै दुई करोड ७५ लाख रुपैयाँको भएको छ । एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ७२ रुपैयाँले कमाएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button