तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष हक्कीमा पुलिस क्लब सेमिफाईनलमा

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष हक्कीमा नेपाल पुलिस क्लबले सेमिफाईनलको यात्रा तय गरेको छ । नेपालगञ्जमा सोमबार सम्पन्न अन्तिम क्वाटरफाईनलमा प्रदेश २ लाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल पुुलिस क्लब समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हाम्रा नेपालगञ्ज समाचारदाता नवीन गिरीले जनाएका छन् ।

समूह ए बाट त्रिभुवन आर्मी क्लब समूह उप विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । यसैगरी समूह बि बाट प्रदश ५ समूह विजेता र सुदुरपश्चिम प्रदेश समूह उप विजेता हुँदै सेमिफाईनलमा प्रवश गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button