तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक नेपाली भू उपग्रह विश्व आकाशमा

काठमाडौँ-नेपालले पहिलो पटक आफ्नो भू उपग्रह, स्याटेलाइट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । नेपाली वैज्ञानिकहरुले निर्माण गरेको नानो स्याटेलाइट आज बिहान २ बजेर ३१ मिनेटको समयमा अमेरिकाको भर्जिनिया राज्यको तटबाट नेपाली झण्डासहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिकहरुले तयार पारेको भूउपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण भएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नास्टले जनाएको छ ।

यसलाई “नेपाली नानो स्याटेलाइट १” नाम दिइएको छ । नेपाली वैज्ञानिक आभाष कुमार मास्केको नेतृत्वमा जापान र श्रीलंका सहितका ८ जनाको समूहले स्याटेलाइट निर्माण गरेका हुन् ।

नेपालको झण्डा र नास्टको लागो सहित स्याटेलाईट प्रक्षेपण गरिएको वरिष्ठ वैज्ञानिक एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिनु भयो । अन्तरिक्षमा पठाइएको नेपाली स्याटेलाइटले अबको डेढ महिनापछि विश्व परिक्रमा गर्दै काम गर्न थाल्नेछ । यसले ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउन सक्नेछ । त्यसपछि यसले मौसमको पूर्वानुमानदेखि विश्वकै तस्वीर खिच्ने लगायत महत्वपूर्ण जानकारी नेपाललाई उपलव्ध गराउनेछ । नास्टका प्रवक्ता डा. ढुगेलका अनुसार नेपाली स्याटेलले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्षमा केन्द्रमा बसेर काम गर्नेछ । त्यसको डेढ महिनापछि भूउपग्रहले विश्व परिक्रममा गर्न थाल्नेछ । यस क्रममा नेपाली आकाशमा केही मिनेट मात्र रहनेछ । यसले लगातार विश्व परिक्रम गरि हरेक नयाँ जानकारी पठाउने काम गरि रहन्छ ।

 

झण्डै दुई करोड रुपैयाँको लगानीमा नेपाली स्याटेलाइट निर्माण गरिएको हो । निर्माणको नेतृत्व नेपाली युवा वैज्ञनिक आभाष कुमार मास्केले गरे पनि सहयोग जापानको क्यूटेक विश्वविद्यालय, नास्ट र नेपाल सरकारको रहेको छ । अन्तरिक्षमा पहिलो स्याटेलाईट तत्कालिन रुसले सन् १९५७ गरेको थियो भने लगत्तै अमेरिकाले गरेको थियो । त्यसको ६२ वर्षपछि नेपालले पनि अन्तरिक्षमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्याटेलाइट प्रक्षेपण व्यवासयिक नाफा नोक्सान भन्दा पनि अनुसन्धान, परिक्षण, आत्मसम्मान र वैज्ञानिकको क्षमता अभिवृद्धिको एउटा सफलताको रुपमा हेरिएको छ । यसले युवामा नयाँ उत्साह, उमंग र सपना जगाउने काम गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button