तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सवारी साधनमा आगजनी

मकवानपुर । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँच जनाको समुहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रवक्ता सागर बिक्रम राणाले जानकारी दिनुभयो ।

यसैगरी, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उहाँले जानकारी दिनुभयो । तीन जनाको समुहले आगजनी गरेर फरार रहेको प्रहरीको भनाई छ । आगलागीबाट दुईवटै गाडी पुर्णरुपमा क्षत्ति भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button