तपाईँ सुन्दै हुनुहुन्छः

कानुनी सुधारको काम पुरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण अनुकुल बनउन आवश्यक कानुनी सुधारको काम तत्काल पुरा गर्न लगानी बोर्डलाई निर्देशन दिनुभएको छ ।

नेपाल लगानी सम्मेलन २०१९ को समिक्षा गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको नेपाल लगानी वोर्डको बैठकमा प्रधानमन्त्री ओलीले नीतिगत सुधारका लागि आवश्यक कामहरू समयसीमा तोकेर अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा जनाएको लगानीको प्रतिवद्धता अगाडि बढाउन बाधा पर्ने प्रचलित कानुनको सुधार र सोही बमोजिमको नियमावली र कार्यविधिहरू तत्काल निर्माण गर्न निर्देशन दिनुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बैठकले बोर्डको काम–कारवाहीहरूको अनुगमन गरी तोकिएको समय सीमाभित्र सम्पन्न हुने वातावरण वनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिवको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय अनुगमन समितिको गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button