तपाईँ सुन्दै हुनुहुन्छः

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शूरु

नवीन गिरी, नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा शूरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा भव्य समारोहका बीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो ।

प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म औपचारिक रुपमा सञ्चालन हुने छ । ‘आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता प्रदेश नम्बर ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही तथा काठमाडौं, ललिलपुर र कास्कीमा सञ्चालन हुने छन् ।

प्रतियोगितामा सात प्रदेश सहित तीन विभागीय टिम र पहिलो पटक एनआरएनको टिमलाई समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button