तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी राजमार्गको दैलेख खण्डमा ५१ किलोमिटर कालोपत्रे हुने

दैलेख । मध्यपहाडी राजमार्गको दैलेख खण्डमा पर्ने १ सय २६ किलोमिटर सडक मध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी सुरु गरिएको छ । दैलेखको पूर्वी खण्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरे सम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो ।

उक्त स्थानमा दुईवटा निर्माण कम्पनीले ठेक्का लिएका छन् । खुलेको ठेक्का मध्ये ४२ प्रतिशत रकम घटेर ३६ करोड ५ लाखमा ११.८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि शर्मा गजुरमुखिले काम लिएको छ । २०७७ असारमा काम सक्नुपर्ने भएपनि अहिले ५८ प्रतिशत काम सम्पन्न भैसकेको ईन्जिनियर तुलाराम शर्माले बताउनुभयो । सोही क्षेत्रमा रमन के.एस.जेभिले १० किलोमिटर सडक कालोपत्रेका लागि ३९ प्रतिशत ठेक्का घटेर २८ करोड २४ लाखमा २०७४ असारबाट काम सुरु गरेको थियो अहिले ६४ प्रतिशत काम सम्पन्न भैसकेको शर्माको भनाई छ ।
भगवतीमाई गाउँपालिका भित्र परेको मध्यपहाडी सडकको बिवाद समाधान भएसँगै कामले तीब्रता पाएको गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाले वताउनुभयो । हामी आफै विवाद भएका स्थानमा पुग्यौं जनता र आयोजनाको बारेमा कुरा ग¥र्यौं केही स्थानमा समस्या थियो त्यो समस्या समाधान गरेपछि पूर्वी क्षेत्रको काम छिटो भएको र अनुगमन प्रभावकारी भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
दैलेख सदरमुकामको पश्चिम खण्डमा पर्ने रामाघाट लैनचौरको करिव १६ किलोमिटर र लैनचौर चगत्रा सडकको करिव १३.३ किलोमिटर सडक कालोपत्रेका लागि धमाधम काम भैरहेको छ । रामाघाट लैनचौरका लागि पप्पु हिमालयन जे.भि.ले ३८ प्रतिशत ठेक्का घटेर ४७ करोड ७८ लाखमा काम लिएको छ । लैनचौर चगत्रा सम्म ३९ प्रतिशत ठेक्का घटेर ३० करोड ६१ लाखको काम रमन के.एस.ले ठेक्का लिएको छ । उत्त क्षेत्रको काम पनि धमाधम भैरहेको ईन्जिनियर शर्माले बताउनुभयो । दैलेख सदरमुकामको पूर्वी खण्डमा २ वटा र पश्चिमी खण्डमा २ वटा गरि ठेक्का स्वीकृत भएको ४ वटा खण्डमा करिव ढेड अरव रकम बरावरको काम बिभिन्न निर्माण कम्पनीहरु मार्फत भैरहेको छ । २०७७ असारमा काम सम्पन्न गर्नुपर्ने भएपनि यही अवस्थामा काम अगाडी बढेमा २०७६ सम्ममै काम सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button