तपाईँ सुन्दै हुनुहुन्छः

१९ आयोजनाबाट ३५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

भुवनप्रसाद आचार्य । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सरकारले विभिन्न १९ आयोजनाबाट ३५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनताबाट शेयर रकम संकलन गरेर आयोजनाको निर्माण गर्ने योजना अनुसार सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ’आइपिओ’ निष्काशन गरेका छन ।

उक्त आइपिओको लागि उच्च तहबाट समेत आवेदन परेको छ । सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता साधारण शेयर खरीद गर्नु भएको छ ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको पचास हजार बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिनु भएको छ ।

त्यसै गरी उर्जा मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा पचास हजार रुपैया बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिनु भएको छ ।

पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा ५० हजार रुपैया बराबरको पाँच सय कित्ता साधराण शेयरका लागि आवेदन दिनु भएको शुक्रवार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button