तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो प्राथमिकता विकास तथा सुशासनः मन्त्री महासेठ

अजय कुमार झा, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको पहिलो प्राथमिकता विकास निर्माण तथा सुशासन रहेको बताउनुभएको छ ।

आज धनुषाको निर्वाचन क्षेत्र नंं ४ मा विभिन्न ६ वटा योजना शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप २ सय पुलको निर्माणका साथै पहाडी क्षेत्रमा ९ सय किलो मिटर नयाँ सडक निर्माणका लागि ट्रयाक खोल्ने गरी काम भइरहेको बताउनुभयो ।

उहाँले २ दिनभित्रमा रेल खरिद सम्बन्धि सम्झौता हुने र अबको दुई महिनामा जनकपुर–जयनगरमा ब्रोडगेज रेलको सञ्चालन हुने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button