तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र बजारमा उत्साहजनक कारोबार

काठमाडौं । धितोपत्र बजारमा यो साता लामो समय पछि उत्साह जनक कारोबार भएको छ कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले बढेको छ । नयाँ वर्षसँगै बैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो ।

सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुगेकोमा साताको अन्तिम दिन परिसूचक बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ ।

बैंक र बीमा समूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । पाँच लाखभन्दा बढीको शेयर कारोबारमा प्यान लागू हुने व्यवस्था गरिएको छ ।

यो साता बजारमा एनएमबी, कुमारी, प्रभु, एनआइसी एशिया, नेपाल बैंक र सिभिल बैंक, जस्ता वाणिज्य बैकहको कारोबार बढी भयो ।
भुवन आचार्य

प्रतिक्रिया राख्नुहोस्

Back to top button