तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा भन्सारबाट लक्ष्यभन्दा बढी राजश्व असुली

रसुवा । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तभित्र रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ ।

रसुवा भन्सार कार्यालयलाई वार्षिक लक्ष्य सात अर्ब ६२ लाख ६४ हजार भन्सार शुल्क असुल गर्ने वार्षिक लक्ष्य निर्धारण भए पनि नौ महिनाको अवधिमा आठ अर्ब सात करोड ७७ लाख ९० हजार असुली भएको हो ।

नेपालको उत्तरीनाका रसुवागढीबाट निर्यात सामग्रीमा कमी भए पनि आयात सामग्रीको परिमाणबाटै नौ महीनाको अवधिमा १३६ प्रतिशत राजश्व असुली गर्न सफल भएको टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनु भयो ।

पदमार्गबाट हुनसक्ने चुहावट बन्द भएको, चीनको केरुङबाट सामान लिई आएका मालबाहक सबारीसाधन छिटो जाँचपास गर्ने परिपाटी बसालिएको केरुङबाट आयात भएका सामानमध्ये बिग्रन सक्ने फलफूललाई पहिलो प्राथमिकता र अन्य सामानको हकमा लामबद्ध तबरले जाँचपास गरी मालबाहक सवारी साधनलाई आफ्नो गन्तव्यतर्फ जान छोडपूर्जी दिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button