तपाईँ सुन्दै हुनुहुन्छः

‘हिमालयन ट्राभल मार्ट’ जेठ २३ देखि २६ गतेसम्म 

काठमाडौं । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ गते सम्म काठमाडौँमा हुने भएको छ ।

नेपाललाई हिमालयको प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ ‘मार्ट’ आयोजना गर्न लागिएको आयोजक प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटाले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति पाएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button