तपाईँ सुन्दै हुनुहुन्छः

‘एक घर एक टनेल’ कार्यक्रम प्रभावकारी

रोशन तिवारी, पर्वत । तरकारी खेतीलाई व्यवसायिक बनाउन पर्वतको महाशिला गाउँपालिकाले थालेको ‘एक घर एक टनेल’ कार्यक्रम प्रभावकारी भएको छ ।

गत वर्ष गाउँसभाको निर्णय कार्यान्वयन गर्दैै गाउँपालिकाले शुरु गरेको कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र ५०० कृषकहरुले तरकारी खेती गरेर आम्दानी लिन थालेका छन् ।

महाशिला ५ लुङखुस्थित काउले गाउँमै १०० परिवारले सामूहिक तरकारी उत्पादन गर्न थालेका छन् ।

लुङ्खुमा तरकारी, भोक्सिङमा आलु र अलैँची, पाखापानीमा तरकारी र च्याउ, फलामखानीमा आलु र मुला उत्पादन गर्न थालिएको छ ।

गतवर्ष हरेक घरलाई तरकारी खेती गर्न टनेल वितरण गरिएको थियो । टनेल वितरण पछि कृषकहरु तरकारी खेती गरेर आम्दानी गर्न हौसिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनु भयो ।

टनेलमा हुने तरकारीका अलवा बाहिर हुने तरकारी र फलफुल खेती तर्फ पनि कृषकहरु लाग्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button