तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त न्यायधिस तथा प्रमुख निर्वाचन आयुक्तले सपथ लिए

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराले सर्बोच्च अदालतका नवनियुक्त न्यायधिशहरुलाई आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फूयाल र डा. मनोजकुमार शर्मालाई बैशाख ६ गते नियुक्त गर्नुभएको थियो ।

यसैगरी आजै प्रधानन्यायधीश जवराले नवनियुक्त प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सपथ गराउनुभयो ।

राष्ट्रपतिकै उपस्थितिमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आयोगका नव नियुक्त सदस्य विष्णूमायाँ ओझालाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष मन्त्रीहरु, सवैधानिक निकायका प्रमूखहरु र सुरक्षा निकायका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button