तपाईँ सुन्दै हुनुहुन्छः

घोषणा गरेको समयमा उपनिर्वाचन सम्पन्न गरिनेः प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेश कुुमार थपलियाले सरकारले उप–निर्वाचनको मिति घोषणा गरेको समयमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा आज पदभार ग्रहण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले मिति तोके जुनसुकै बेला निर्वाचन गर्न आयोग तयार रहेको बताउनु भयो ।

उहाँले विभिन्न कारणबाट रिक्त भएका संघ, प्रदेश र स्थानीय तहका पदहरूमा उप–निर्वाचन गर्नुपर्ने हुनाले तत्काल त्यसको आवस्यक तयारीमा लाग्न आयोगका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको संरचनालाई सबै प्रदेश र स्थानीय तहमा विस्तार गर्ने, निर्वाचनलाई मितव्ययी र विश्वसनीय वनाउन आवश्यक कानुनी सुधार गर्ने, राष्ट्रिय निर्वाचन नीति निर्धारण गरी कार्यान्वयमा ल्याउने लगायतका कामहरू गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button