तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन अर्ब भन्दा बढीको शेयर कारोवार

काठमाण्डौ । शेयर वजारको कारोवारमा सुधार भए संगै कारोबारमा सुधार भएर एकै दिन अर्ब बढीको कारोबार हुन थालेको छ ।

आइतबार नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा पुगेको छ । १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता शेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँमा किनबेच भएका छन ।

आइतबार कारोबारमा आएका १० समूह मध्ये ८ वटा समूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा समूहको सूचक नकारात्मक भएका छन् । आइतवार बजारलाई बैंकिङ्ग समुहले कारोबार बढाएको छ ।

बैंकिङ्ग समुहको सूचक ४५.९४ अंकले बढेको छ । यस्तै होटल समुहको सूचक ३४.८, विकास बैंक समुहको सूचक १६.९७, जलविद्युत समुहको ८.८७, फाइनान्स समुहको २.१३, लघुवित्त समुहको २६.९१ र जीबन बीमा समुहको सूचक २२.२५ अंकले बढेका छन् ।

बढेको बजारमा पनि निर्जीबन बीमा समुह र उत्पादन समुहको सूचक घटेका छन ्। उत्पादन तथा प्रशोधन समूहको ११.९२ अंक र र्निजीवन बीमा समूहको सूचक ७.२२ अंकले ओरालो लागेका छन् ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेर सातामा १४ उडान गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button