तपाईँ सुन्दै हुनुहुन्छः

बारामा दुई अर्बको गँहु उत्पादन

ध्रुव अधिकारी । बारा जिल्लामा यस वर्ष दुई अर्बको गँहु उत्पादन भएको छ । पटकपटक परेको असिनापानीले उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्र बाराकाले जनाएको छ ।

चालुआर्थिक वर्ष ०७५–०७६ मा बाराका किसानले ३० हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गँहु खेती गरेका थिए ।

पटकपटक बिनासकारी हावाहुरीसँगै परेको असिना पानीले हुनुपर्ने उत्पादनमा केही कमी भएपनि प्रति हेक्टर २.८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका कृषि विज्ञ गेनालाल मण्डलले बताउनुभयो ।

अहिले बारामा दुई हजार ४ सय रुपैयामा प्रति क्वीन्टल गँहुको कारोबार भई रहेकाले कुल उत्पादन ८५ हजार ५ सय ४० मेट्रिकटन गहुको बजार भाउँ दुई अर्ब ५ करोड २९ लाख ६० हजार बराबरको भएको मण्डलले बताउनुभयो ।

गत वर्ष जिल्लामा ३० हजार २ सय ३० हेक्टर क्षेत्रफलमा गँहु खेती हुँदा प्रति हेक्टर २.९ मेट्रिकटनले ९० हजार ६ सय ७५ मेट्रिक टन गहु उत्पादन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button