तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा ढुंगा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।
रैनादेवी छहरा गाउँपालिका वडा नं ३ छचुवाकी ३९ वर्षिय मंगला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । सोमवार बिहान ८ बजे श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं २ घर भएका कुमालको ससुराली आएको बेला श्रीमतीको ढुंगा प्रहारबाट मृत्यु भएको हो । ढुंगा प्रहार गरी श्रीमानको हत्या गर्ने मंगलालाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
दुई छोरी र एक छोराकी आमा मंगला ईशाराको माध्यमबाट बोल्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button