तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि साहस र धैर्यताको खाँचोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ ।

प्रथम नेपाली, महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षका अवसरमा आज काठमाडौमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाका लागि प्रेरणा र साहसको प्रतीक भएको बताउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पाले पासाङल्हामुले नेपालको पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानलाई चिरस्मरण राख्न स्मारक निर्माणका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले गर्नुभएको थियो । उक्त आरोहणसँगै नेपालमा व्यावसायिक रुपमा हिमाल आरोहण शुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button