तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ-डडेल्धुराको भिमदत्त राजमार्ग अन्तर्गत साहुखर्क भन्ने ठाउँमा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
धनगढीबाट बझांग जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस बिहान साढे चारबजेतिर गन्यापगाधुरा गाउँपालिका वडा नं. १ को साहुखर्कमा बस दुर्घटना भएको हो ।


बझाङ जांदै गरेको कर्णाली रिभरको  बसमा अन्दाजी ४० जना यात्रु सवार थिए ।घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।जोशीका अनुसार बस सडकबाट एकसय मिटर तल खसेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button