तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो खेलमा पनि नेपालको जित

काठमाडौं । नेपालले ए सी सी अण्डर १६ ईष्टर्न रिजन क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि जित दर्ता गरेको छ ।

थाईल्याण्डको चियाङ्गमाईमा बुधबार भएको खेलमा पूर्व विजेता नेपाली अण्डर १६ ले मलेसियाको अण्डर १६ लाई ३९ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको नेपालले ३४.५ ओभरमा सबै विकेट खर्चेर १ सय ४१ रन बनाएको थियो । नेपालका आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान गरे ।

१ सय ४२ रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मलेसिया ३३.२ ओभरमा १ सय २ रनमा सीमित हुन पुुग्यो ।

नेपालका बलर प्रसान्त महत, रमेस कुर्मी र तिलक भण्डारीले २–२ तथा प्रसान्त सिंह र निखिल कुमार सिंहले १–१ विकेट लिए ।

पहिलो खेलमा मियानमारलाई ७ विकेटले पराजित गरेको नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार थाईल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button