तपाईँ सुन्दै हुनुहुन्छः

लगानी र उत्पादन वृद्धिका कार्यक्रम ल्याउन सुझाव 

भुवनप्रसाद आचार्य । समाजको विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले आगामी बजेटले लगानी र उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम ल्याउन सुझाव दिनु भएको छ ।

नेपाल राष्ट्र बैकले आज आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा वक्ताहरुले साना तथा घरेलु उद्योगको विकास, बैकहरुमा लागानी योग्य रकमको प्रर्याप्तता, र कम ब्याज दरमा बैकबाट ऋण पाउने व्यवस्था तथा तरलताको समस्या निराकरण गर्ने जस्ता विषयहरुलाई आगामी बजेटले समेटनु पर्ने सुझाव दिनु भयो ।

कार्यक्रममा कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपालले आर्थिक वृद्धि दरलाई निरन्तर बनाउन चाल्नु पर्ने कदम, व्यापार घाटा र शोधनान्तर घाटा कम गर्न र आगामी योजनाको लक्ष्य र कार्यक्रमलाई कसरी आत्मसाथ गर्ने भन्ने जस्ता विषयमा सुझाव दिन सहभागीहरुलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दिगो आर्थिक विकासको लक्ष्य प्राप्त गर्न हाल रहेको व्यापार गर्न लाग्ने खर्च ठूलो मात्रामा घटाउनु पर्ने, पुर्नकर्जा सहजीकरण गरी उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने जस्ता सुझाव दिनु भएको थियो ।

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले विदेशी लगानी ल्याउन र उद्योग स्थापनामा सरलीकरण गर्नु पर्ने साना तथा मझौला उद्योगहरुले रकमको अभावका उत्पादन वृद्धि गर्न नसकेकोले सहजै रकम प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button