तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा देशभक्तिपूर्ण, विकासप्रेमी र अग्रगामी हुनुपर्छः प्रधानमन्त्री

खगेन्द्र भण्डारी, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा देशभक्तिपूर्ण, विकासप्रेमी र अग्रगामी हुनुपर्नेमा जोड दिनुभएको छ ।

काभ्रेको धुलिखेलस्थित सञ्जीवनी नमुना उच्च माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको समुचित विकासले मात्र देशको मुहार फेर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओेलीले शिक्षाले समाजका हरेक पाटोलाई समेट्न सकेमात्र देश विकास र समाज परिवर्तनका लागि मार्गदर्शक बन्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्पर्धामा सबभन्दा अगाडि पुग्ने सक्षम नागरिक तयार गर्न सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन सुझाव दिनु भयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई समाजका मूल्य, मान्यता र देशको अर्थतन्त्रसँग जोड्न ढिलो गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button