तपाईँ सुन्दै हुनुहुन्छः

समूह विजेता बन्दै नेपाल सेमिफाईनलमा

काठमाडौं । नेपाल ए सी सी अण्डर १६ ईष्टर्न रिजन क्रिकेटमा समूह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ ।

थाईल्याण्डको चियाङ्गमाईमा बिहिबार थाईल्याण्ड संगको तेस्रो तथा समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भए पनि नेपाल अङ्क तालिकामा शीर्ष स्थान ओगटदै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

खेलमा पहिलो ब्याटिङ्ग गरेको नेपालले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो ।

नेपालका आशिस भट्टराईले सर्वाधिक ५८ रनको योगदान गर्दै अर्धशतक पुरा गरेका थिए ।

थाईल्याण्डले ब्याटिङ्ग थालेको १.५ ओभरमा पानी पर्न थाले पछि खेल रोक्नु परेको थियो ।

पहिलो खेलमा मियानमारलाई ७ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

नेपाल रहेको समूह ए मा थाईल्याण्ड, मलेसिया र मियानमार रहेका थिए ।

यस समूहबाट नेपाल समूह विजेता र मलेसिया समूह उपविजेता हुँदै सेमिफाईनल प्रवेश गरेका छन् ।

यसैगरी, समूह बी बाट सिंगापुर समूह विजेता र हङकङ समूह उपविजेता हुँदै सेमिफाईनल प्रवेश गरेका छन् ।

आउने शनिबार हुने पहिलो सेमिफाईनलमा नेपालले हङकङको सामना गर्नेछ भने दोस्रो सेमिफाईनल सिंगापुर र मलेसियाकाबिच हुनेछ ।
परेश सापकोटा

प्रतिक्रिया राख्नुहोस्

Back to top button