तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि आन्तरिक पर्यटन मेलाको आयोजना गरिने भएको छ ।

नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै प्रदेशका पर्यटकीय गतिविधि प्रस्तुत गरिने छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यले आयोजना गर्न लागिएको पर्यटन मेलामा पर्यटन सेवा प्रदायक, काठमाडौँ तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामग्रीसहित सातै प्रदेशको विभिन्न खाद्य परिकारयुक्त फुड स्टलहरु र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नेपाल इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button