तपाईँ सुन्दै हुनुहुन्छः

विश्व औलो दिवस मनाइयो

सरिता खनाल । विश्व औलो दिवस “आँफैबाट सुरु गरौं औलोलाई शुन्यमा पुर्याउँ” भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाईंएको छ ।

यस अवसरमा स्वास्थ्य सेवा विभाग, टेकुमा आज आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सन २०२२ सम्ममा औलोलाई शुन्यमा पुर्याउने र सन २०२५ सम्ममा औलोमुक्त नेपाल घोषणा गर्ने गरी सरकारले औलो निवारण कार्यक्रम लागू गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले औलो रोग नियन्त्रणका लागि विभिन्न कार्य गरिरहेको भएपनि औलोको जोखिम कायमै रहेको बताउनुभयोे ।

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने, लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button