तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्ग व्यक्तिहरुले पाउने भत्तामा वृद्धि गर्नुपर्ने माग

अपाङ्गता भएका व्यक्तिहरुले पाउँदै आएको भत्तामा वृद्धि गर्नुपर्ने लगायतका माग राख्दैँ अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन विकास केन्द्रले सरकारलाई आज ११ वुदेँ ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रका अध्यक्ष गणेश केसीे नेतृत्वको टोलीले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, उर्जा मन्त्रालय लगायत विभिन्न ६ वटा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने, अपाङ्गमैत्री भौतिक संरचनाहरु वनाईनुपर्ने, अपाङ्गहरुले खोलेका कलकारखानाहरुमा कर छुट दिनुपर्ने, अपाङ्ग भएकाहरुको लागि राष्ट्रिय स्तरको शिक्षा श्रोत केन्द्रको स्थापना र डिजिटल श्रव्य पुस्तकहरुको उत्पादन लगायतका माग उल्लेख गरिएकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button