तपाईँ सुन्दै हुनुहुन्छः

चिया मजदुरले ऐनले तोके अनुसार पारिश्रमिक पाउने

रोहित काफ्ले । झापाका साना किसानले चिया मजदुरलाई श्रम ऐनले तोके अनुसार पारिश्रमिक दिने भएका छन् ।

ट्रेड युनियन र साना किसान कृषि सहकारी संस्था चिया प्रशोधन कारखाना पृथ्वीनगर बीच शुक्रबार भएको छलफलमा सो सहमति भएको हो ।

सहकारी संस्था मातहतका चिया प्रशोधन गर्ने कारखाना, आबद्ध बगानमा काम गर्ने श्रमिक र सामुहिक चिया खेतीमा कार्यरत श्रमिकलाई राजपत्रमा प्रकाशन भएको पारिश्रमिक तथा सेवासुविधा लिने दिने सहमति भएको सहकारी संस्थाका अध्यक्ष बालकृष्ण गिरीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button