तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

काठमाडौँ । दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा दर्ता गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो ।

विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको बाहेक दुरुपयोग भएका जग्गा फिर्ता ल्याउन मन्त्रिपरिषद्ले दिएको निर्देशनबमोजिम आयोग गठनको तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button