तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल फाईनलमा प्रवेश

काठमाडौं । नेपाल थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईष्टर्न रिजन क्रिकेटको फाईनलमा प्रवेश गर्न सफल भएको छ ।

चियाङ्गमाईमा शनिबार भएको खेलमा पूर्व विजेता नेपाली अण्डर १६ ले हङकङको अण्डर १६ लाई ४ विकेटले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको हङकङले ३२.२ ओभरमा ८६ रन बनाउँदा सबै विकेट गुमाउन पुुग्यो ।

नेपालका बलर निखिल सिंहले सर्वाधिक ३ विकेट लिए भने विशाल पटेल र रमेश कुर्मीले २–२ तथा तिलक भण्डारीले १ विकेट लिएका थिए ।

नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गर्यो । नेपालका आसिश भट्टराईले सर्वाधिक १७ रनको योगदान गरे ।

नेपालले समूह चरणको पहिलो खेलमा मियानमारलाई ७ विकेटले र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

यसैगरी। थाईल्याण्ड संगको तेस्रो खेल वर्षाले स्थगित भए पनि अङ्कका आधारमा नेपाल समूह विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको थियो ।

नेपालले फाईनलमा आईतबार मलेसियाको सामना गर्ने छ भने त्यसै दिन फाईनल अघि हङकङ र सिंगापुरबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button