तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले तीव्र रुपमा विकासले गति लिनेः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र रुपमा विकासले गति लिने गरी काम गर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले सरकारकोे पहिलो वर्ष कानुन निर्माण गर्ने आधार वर्षका रुपमा वितेकाले अब सुखी, समृद्ध र विकसित नेपाल बनाउन खोजेकाले सबै क्षेत्रमा सोही अनुसार आधार तयार गरेको बताउनु भयो ।

सरकारले शिक्षा, स्वास्थ्य र कृषिमा नयाँ ढंगले काम गरेर जनतामा आशा जगाएको बताउँदै प्रधानमन्त्री ओलीले अब कुनै पनि बालबालिका खान नपाएर सडकमा भौतारिँदै हिँड्न नपर्ने बताउनुभयो ।

बैठकले आगामी पन्ध्रौं आवधिक योजनाको मस्यौदाको अवधारणापत्रलाई अन्ति रुप दिइ मन्त्रीपरिषद् बैठकमा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button