तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरगंगाको डिपिआरको तयारी, नदीको प्राकृतिक बहाव परिवर्तन नगर्न आग्रह

काठमाडौँ, । उत्तरगंगा पावर कम्पनीले निर्माण गर्न लागेको उत्तर गंगा जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक रुपमा नै नदी बहाव हुने गरी निर्माण गर्न आग्रह गरिएको छ ।

पूर्वी रुकुमका राजनीतिक नेतृत्व तथा सरोकार समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाउदै नदीको प्राकृतिक बहावलाई तलमाथि नपार्न आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले स्थानीयवासी तथा सरोकारवालाई नै विश्वासमा लिएर आयोजना अगाडि बढाउने योजनामा सरकार रहेको बताउनुभयो ।

उहाँले आयोजनालाई सकारात्मक रुपमा लिन र संघर्षका कार्यक्रम नगर्नसमेत आग्रह गर्दै स्थानीयवासीको माग सम्बोधन गर्न मन्त्रालयले प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button