तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी के एन पि महिला भलिबलको फाईनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब पाँचौ के एन पि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

काठमाडौँमा सोमबार भएको दोस्रो सेमिफाईनलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाईनलको यात्रा तय गरेको थियो ।

यस खेलका प्लेएर अफ दि म्याच घोषित हुन सफल त्रिभुवन आर्मी क्लबकी निरुता ठगून्नले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

फाईनल खेल त्रिभुवन आर्मी क्लब र नेपाल ए पि एफ क्लबबिच मंगलबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button