तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैंक लिमिटेडद्वारा दुई अर्ब २४ करोड नाफा

काठमाडौं । सरकारी लगानीको बैक नेपाल बैंक लिमिटेडले दुई अर्ब २४ करोड ५५ लाख कुल नाफा गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।

बैंकको चुक्ता पूँजी आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ ।

बैंकले त्यस अवधिमा एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रवाह गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button